Khabarpato logo

         

स्थानीय विकास

बाढीबाट हुने क्षति न्यूनीकरणमा ताते स्थानीय तह

खबरदाता

खबरदाता

बाढीबाट हुने क्षति न्यूनीकरणमा ताते स्थानीय तह

बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कन्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । 

यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमुना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि बढाएका छन् । बाढी आउनुपूर्व अपनाउनुपर्ने सावधानी, बाढी आइसकेपछि अपनाउने क्रियाकलापसँगै बाढीपश्चात् गर्नुपर्ने कार्यबारे स्थानीय समुदायलाई जानकारी दिन थालेका हुन् । 

'२०६५ सालमा ठूलो बाढी आयो, पूर्वसावधानी अपनाउन नसक्दा निकै ठूलो धनजनको क्षति भयो', शुक्लाफाँटा नगरपालिका विपद् शाखाका प्रमुख कृष्णदत्त भट्टले भने, 'यति ठूलो बाढी आउला भनेर कसैले कल्पना गरेकै थिएनन् । विपद् पूर्वजानकारी दिएर नआउने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा जुटेका छौँ ।'

पुनर्वास नगरपालिका वातावरण तथा विपद् शाखाका प्रमुख ओमनाथ ढकालले बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सचेतना अभियान थालिएको जानकारी दिए । 'गत वर्ष बाढी आउँदा नगरपालिकाका वडा २, ५ र १० का बासिन्दा निकै प्रभावित भए, बाढीजन्य प्रकोपबाट बच्नका लागि तयारी पुगेको थिएन', उनले भने, 'पूर्वतयारी नहुँदा दोदा नदीको बाढी बस्तीमा पस्दा डुबानको समस्या सिर्जना भयो, जसबाट स्थानीय बासिन्दाले खाद्यान्न, लत्ताकपडा र भौतिक पूर्वाधारमा क्षति बेहोर्नुपर्‍यो ।'

विगतको बाढीजन्य प्रकोपबाट पाठ सिक्दै सचेतनासँगै नगरस्तरीय विपद् व्यवस्थापन समितिका कार्यदलका सदस्यलाई बाढी पूर्वतयारीका अभ्यास गराइएको उनको भनाइ छ । उनका अनुसार नगरपालिकाले यस वर्ष बाढीजन्य प्रकोपमा फसेका व्यक्तिको उद्धार गर्न मोटरबोट खरिद गरेको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कन्चनपुर र मर्सिकोरको साझेदारीमा सञ्चालित एमरेड परियोजनाले बाढीजन्य प्रकोप न्यूनीकरणको पूर्वतयारीमा स्थानीय तहसँंग समन्वय गरी कार्य गरिरहेको छ । विपद् व्यवस्थापनका लागि परियोजनाअन्तर्गत आवश्यक सामग्री उपलब्ध गराइएको छ । 

बाढीजन्य प्रकोपबाट स्थानीय बासिन्दाको जीउ-धनको सुरक्षाका लागि पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदलका सदस्यको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम दिने गरिएको परियोजनाका संयोजक महेश घिमिरेले बताए ।

पुनर्वास नगरपालिकाका ९ र शुक्लाफाँटा नगरपालिकाका २ गरी ११ समुदायमा बाढी पूर्वतयारीका लागि कृत्रिम घटना नमुना अभ्यासको कार्य गरिएको छ । 

'बाढीजन्य प्रकोपबाट बच्ने उपायबारे जानकार नहुँदा डुबानमा पर्दा मात्र सुरक्षित स्थानतर्फ जाने गरेका थियौँ', पुनर्वास नगरपालिकाका पदम परियारले भने, 'नगरपालिकाले थालेको सचेतना अभियानले बाढीजन्य प्रकोपबारे जानकार भएका छौँ, आपत्कालीन सञ्चालन केन्द्रसँंग समन्वय गरी बाढीजन्य प्रकोपबारे जानकारी लिन्छौँ, नदीको पानी खतरा तह पार गर्नअघि नै सुरक्षित स्थानमा जाने गरेका छौँ, यसबाट मानवीय क्षति हुन पाएको छैन ।'

बाढीजन्य प्रकोपबाट बर्सेनि कन्चनपुरमा झन्डै २० हजारभन्दा बढी घरधुरी प्रभावित हुने गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…