Khabarpato logo

         

पर्यटन

पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

खबरदाता

खबरदाता

पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो । 

उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लील शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरूमा अश्लील शब्द मात्र प्रयोग गर्नुभएन, ठेगान लगाउनेसम्मको धम्की दिनुभयो ।’ 

उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामती कर्मचारीहरूलाई अश्लील तथा अपशब्द प्रयोग गर्ने गरेको समेत उजुरीमा उल्लेख छ । यसैबीच ३ असार शुक्रबार नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र संचार माध्यमहरूमा आएअनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ । 

त्यस्तै, प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खेदजनक अश्लील शब्द प्रयोग गरिएको भेटिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…

Park commemorating Kirat culture built at Hatuwagadhi

Park commemorating Kirat culture built at Hatuwagadhi

A project to build a memorial park at Hatuwagadhi rural municipality in Bhojpur…

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्दै हिँड्ने गरेका बेलाम…