Khabarpato logo

         

पर्यटन

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुले

खबरदाता

खबरदाता

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुले

सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी संचालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।

अब काठमाडौँ-दोहा रुटमा नेपाली वायुसेवाले २ र कतारका वायुसेवाले २ गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ-इस्तानबुलमा साताको २, काठमाडौँ-दुबई रुटमा समेत सातामा ४ उडान हुने भएको छ ।

काठमाडौँ-दमाम रुटमा साताको २, काठमाडौँ-कुवेतमा साताको २, काठमाडौँ-मस्कटमा साताको १ र मलेसियामा साताको ४ उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा १ र जापानमा १ उडान खुला भएको छ । काठमाडौँ-छेन्दु र ग्वाङझाओ रुटमा साताको १-१ उडान हुने गरी खुलेको छ ।

हेर्नुहोस् निर्णय:

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…

Park commemorating Kirat culture built at Hatuwagadhi

Park commemorating Kirat culture built at Hatuwagadhi

A project to build a memorial park at Hatuwagadhi rural municipality in Bhojpur…

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्दै हिँड्ने गरेका बेलाम…