Khabarpato logo

         

स्थानीय विकास

उपत्यकामा निषेधाज्ञा एक साता थप : केही खुकुलो बनाइयो

खबरदाता

खबरदाता

उपत्यकामा निषेधाज्ञा एक साता थप : केही खुकुलो बनाइयो

केही खुकुलो बनाएर काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।

उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ बसेको बैठकले ११ असारसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर/बिजोर प्रणालीमा चलाउन पाइने र बारअनुसार पसल संचालन गर्न पनि पाइने प्रावधान राखिएको छ ।

थपिएको निषेधाज्ञाको अवधिमा जोर/बिजोर प्रणालीमा ट्याक्सी चलाउने पाउने तर अन्य सार्वजनिक सवारी साधन भने चलाउन नपाइने व्यवस्था गरिएको छ ।

प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल संचालन हुन पाउने उल्लेख छ साथै ती बारमा अटोमोबाइल्स र त्यसका पार्टपुर्जा पाइने पसल पनि खुल्नेछन् ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय गरिएको छ । त्यस्तै, उक्त दिनहरूमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।

उक्त निषेधाज्ञाको अवधिमा हार्डवेयर पसल दैनिक खुल्ने र अन्य बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय यथावत कायम गरिएको छ ।

सीसीएमसी निर्देशक समितिको बैठकले बुधबार ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । त्यसमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक, सामाजिक गतिविधिलाई अघि बढाउने बताइएको थियो । मन्त्रालय र विज्ञसँगको छलफलपछि सीसीएमसीले बनाएको ‘स्मार्ट लकडाउन’ कै मोडल अनुसार प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

उपत्यकामा १६ वैशाखदेखि जारी निषेधाज्ञा हाल आएर केही खुकुलो बनाइएको हो ।

निषेधाज्ञाको सूचना 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…