Khabarpato logo

         

स्थानीय विकास

१९ घन्टादेखि टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

खबरदाता

खबरदाता

१९ घन्टादेखि टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

दाङस्थित राप्ती नदीको बीचमा रहेको टापुमा १९ घन्टादेखि फसेका ४ जनाको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ ।

जिल्लाको  लमही नगरपालिका- ७ हसनापुर र राजपुर गाउँपालिका- २ बेलास्थित राप्ती नदीको बीचमा रहेको टापुमा मंगलबार दिउँसो २ बजेदेखि फसेका उनीहरूको उद्दार गरिएको हो ।

टापुको दुवैतिर राप्ती नदी बग्ने गरेको छ । बीचमा रहेको टापुमा दिउँसो बस्तु चराउन पुगेका उनीहरू अविरल बर्षासँगै राप्तीमा बाढी आएपछि ५० वटा गाईबस्तुसँगै अलपत्र परेका थिए । उद्दार गरिएका व्यक्तिहरू लमही- ७ बस्ने वर्ष ४८ का मन्सराम चौधरी , राजपुर- २ बस्ने वर्ष ५० की सावित्री यादव, सोही ठाउँ बस्ने वर्ष २६ का राधेश्याम यादव र राजपुर- ३ बस्ने वर्ष २५ का गणेश यादव रहेका छन् ।

राती ९ बजे उनीहरू फसेको जानकारी आए पनि रातको समयमा पानीको अत्यधिक बहावका कारण उद्दारमा कठिनाइ भएको थियो । आज बिहानै सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाई गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्ब गण चन्द्रौटा कपिलवस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माको कमान्डमा गएको विपद् व्यवस्थापनसहितको टोलीले बिहान ९ बजे चारै जनाको उद्दार गरी घर पठाएको हो ।

उनीहरूले चराउन लिएर गएका गाईबस्तु भने सोही टापुमा रहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…