Khabarpato logo

         

स्थानीय विकास

सिन्धुपाल्चोकमा भीषण बाढी : ४ वटा पुल बगायो, ७ जना बेपत्ता, २ जनाको शव भेटियो

खबरदाता

खबरदाता

सिन्धुपाल्चोकमा भीषण बाढी : ४ वटा पुल बगायो,  ७ जना बेपत्ता, २ जनाको शव भेटियो

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा मंगलबार साँझ आएको बाढीले हाहाकार मच्चाएको छ । उक्त बाढीले ४ वटा पक्की पुल बगाएको र ७ जना बेपत्ता भएका छन् ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क बिच्छेद भएको बताइएको छ । 

त्यहाँ खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ । स्थानीयका अनुसार तिम्बु, चनौटे र मेलम्ची बजारमा व्यापक क्षति पुगेको छ । 

राती ठूलो बाढी र पहिरो झर्न थालेपछि किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ, मेलम्चीलगायतका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बसेका छन् ।

बाढीले नदी किनारका बस्तीमा बढी क्षति पुर्‍याएको जनाइएको छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कम्पनीको क्याम्प र आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको क्याम्पमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् । 

बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पुर्‍याएको हुन सक्ने जनाइएको छ । सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि बाढीले क्षति पुर्‍याएको छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरू र किउललगायत नदी किनारमा रहेका ट्राउट माछा फार्म बाढीले बगाएको छ ।

बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीले ४ वटा पक्की पुल पनि बगाएको छ भने मेलम्ची बजारबाट चौतारा जोड्ने र मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल पनि बगाएको छ । हेलम्बुको चनौटेमा रहेको पुल र हालसालै निर्माण सम्पन्न भएको नाकोटेको पुल पनि बगाएको र ठाउँठाउँमा झोलुङ्गे पुल पनि बगाएको स्थानीयले बताएका छन् ।

अहिले पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अकस्मात जल सतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…