Khabarpato logo

         

स्थानीय विकास

आगामी ३ दिन भारी बर्षाको संभावना भएकाले सतर्कता अपनाउन विभागको आग्रह

खबरदाता

खबरदाता

आगामी ३ दिन भारी बर्षाको संभावना भएकाले सतर्कता अपनाउन विभागको आग्रह

विगत केही दिनदेखि लगातार भइरहेको बर्षा थप ३ दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले लगातारको वर्षाका कारण मुलुकका केही नदीका जलसतहले सतर्कता तह पार गरेको जनाएको छ । बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्रमा मंगलबार रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै आगामी ३ दिन तिनाउ, कालीगण्डकी, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नम्बर २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेकोसमेत जानकारी गराएको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…