Khabarpato logo

         

स्थानीय विकास

उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो छ प्रावधान

खबरदाता

खबरदाता

उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो छ प्रावधान

कोरोना संक्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । ३ वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा ७ असार राती १२ बजेसम्मका कायम रहनेछ ।

काठमाडौँ उपत्यकाका ३ जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको ३० जेठमा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै १ असारदेखि ७ असारसम्म थप्ने निर्णय गरेको थियो । थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद/बिक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्र खुला थियो ।

सामानको ढुवानी भने राती ९ बजेदेखि बिहान ११ बजेसम्म मात्र गर्न पाइनेछ । पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, स्यानिटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्र संचालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राती मात्र गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइनेछ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ ।

सवारी साधनका मर्मत सेन्टर राती ९ बजेसम्म चल्न दिने भनिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बिउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ । अत्यावश्यक उद्योग संचालन तथा निर्माणका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर संचालन गर्न भनिएको छ । निर्माण सामग्रीको ढुवानी भने राती ९ देखि बिहान ५ बजेसम्म मात्र गर्न पाइनेछ ।

अनलाइनबाट पठनपाठन गर्न सकिनेछ । बैँक तथा वित्तीय संस्थाले सीमित संख्यामा जनशक्ति परिचालन गरी सेवा संचालन गर्न सक्नेछन् । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर संचालन गर्न सक्नेछन् । सहकारी संस्था तथा रेमिट साताको आइतबार र बिहीबार संचालन गर्न दिइने आदेशमा उल्लेख छ ।

विवाहमा ७ जना सहभागी हुन सक्ने र एउटा गाडी मात्र प्रयोग गर्न सक्नेछन् तर पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध रोक लगाइएको छ । अन्य भीडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी विगतको आदेशमा उल्लेख भएअनुसार हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…