Khabarpato logo

         

स्थानीय विकास

लुम्बिनी प्रदेशमा राष्ट्रियसभामा रिक्त पदका लागि आज उपनिर्वाचन हुँदै

खबरदाता

खबरदाता

लुम्बिनी प्रदेशमा राष्ट्रियसभामा रिक्त पदका लागि आज उपनिर्वाचन हुँदै

नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का नेकपा (एमाले)मा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको राष्ट्रियसभाको एक पदका लागि आज मतदान हुँदै छ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा मतदान गर्ने व्यवस्था गरिएको छ । स्रोतका अनुसार निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका तर्फबाट संयुक्त उम्मेदवार दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का गरी जम्मा २ जना चुनावी प्रतिस्पर्धामा  उत्रिएका छन् ।

उक्त उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरू गरी २१७ गरी जम्मा ३०० जना मतदाता रहेका छन् ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपालले कारबाही गरेका तर पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रूपमा मताधिकार दिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…