Khabarpato logo

         

स्थानीय विकास

राम-सीताका मूर्ति माडीमा प्रतिस्थापन गरिँदै

खबरदाता

खबरदाता

राम-सीताका मूर्ति माडीमा प्रतिस्थापन गरिँदै

आज चैत्र शुक्ल नवमी । आज मर्यादा पुरुषोत्तम रामको सम्झनामा ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।

असत्यमाथि सत्यको विजय भएको दिनका रूपमा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरूमा पूजापाठ गरिन्छ । जनकपुरमा रहेको राम-जानकीको मन्दिरमा आज नेपाल तथा भारतका भक्तजनको घुइँचो लाग्ने गर्छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका जेठो छोराका रूपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको शास्त्रमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरूको संहार गरेको वाल्मिकीय रामायणमा उल्लेख छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।

यस वर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

यसैबीच चितवनको माडीस्थित अयोध्यापुरीमा राम-सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गरिने मूर्तिहरू मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वको रथयात्रा समूह देवघाटमा बास बसेको थियो ।

बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढ्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…