Khabarpato logo

         

स्थानीय विकास

अब घरबाटै घरजग्गाको नक्सा, नापी कार्यालय धाउनु नपर्ने

खबरदाता

खबरदाता

अब घरबाटै घरजग्गाको नक्सा, नापी कार्यालय धाउनु नपर्ने

नापी विभागले घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सहज बनाएको छ । इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैँ प्रिन्ट गर्न मिल्ने बनाएको हो । 

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने भएको छ । मेरोकित्ताडटजीओभीडटएनपी लगइन गरेर यो सेवा लिन सकिने विभागले जनाएको छ ।

नापी विभागमा आज आयोजना हुने औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यस व्यवस्थाको शुभारम्भ गर्नेछन् ।

विभागका अनुसार बिहीबार यो सेवा काठमाडौँ उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागू हुनेछ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

एक साताभित्र काठमाडौँ उपत्यकाभर र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुने विभागको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…