Khabarpato logo

         

स्थानीय विकास

स्थानीय तह प्रमुखहरूको सम्मेलन सकियो, यस्ता छन् घोषणा

खबरदाता

खबरदाता

स्थानीय तह प्रमुखहरूको सम्मेलन सकियो, यस्ता छन् घोषणा

स्थानीय तहका प्रमुखहरूको ‘प्रथम राष्ट्रिय मेयर सम्मेलन’ले १६ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । गत १ चैत र यही १ वैशाखमा भएको सम्मेलनले २०७४ काे निर्वाचनपछिका सिकाइ र समस्यामाथि समीक्षा गर्दै आगामी रणनीतिसहितकाे घोषणापत्र जारी गरेकाे हो ।

घोषणापत्रलाई देशका ७५३ वटै पालिकामा ईमेलमार्फत पठाएर सुझाव सङ्कलन गरी यही १० वैशाखमा अन्तिम रूप दिइनेछ । महानगरको चालू वर्षको वार्षिक कार्यक्रमअनुसार मेयर सम्मेलन आयोजना गरिएको हो ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को आधारशिला तयार गर्ने आधिकारिक निकाय स्थानीय तहहरू भएकाले पालिकाहरूको आपसी सहकार्य, समन्वयात्मक अन्तरआबद्धतालाई नियमित गर्दै सहकार्यका अवसरहरू सिर्जना गर्दै अगाडि बढ्ने प्रतिबद्धता सम्मेलनबाट लिइएको छ ।

सम्मेलनले स्थानीय विकासका मुद्दालाई प्राथामिकीकरण गरी नागरिकको गुणस्तरीय, सम्मानित र पहिचानसहितको जीवन सुनिश्चित गर्न नीति तथा कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्न जोड दिएको छ ।

जारी घोषणपत्रमा पालिकाहरूको शासकीय क्षमता अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने संयन्त्रको विकास गर्ने, संविधानप्रदत्त अधिकार क्षेत्रहरूमा हुने सबै प्रकारका हस्तक्षेपलाई अस्वीकार गर्ने उल्लेख छ । पालिकाहरूलाई परनिर्भर बनाउने प्रदेश तथा सङ्घीय कार्यक्रमहरू निरुत्साहित गर्ने, सङ्घीयताको सबलीकरणका लागि स्थानीय तथा प्रदेश तहमा भएका र बिस्तार गर्ने संघीय सरकारका सबै निकायलाई स्थानीय तथा प्रदेशस्तरमा समावेश गर्न संघीय सरकारसँग माग गर्ने जारी घोषणपत्रमा उल्लेख छ ।

यसैगरी विकासलाई जनमैत्री र परिणाममूलक बनाउन भूगोलमा गरिने विकास बजेट पालिकामा नै पठाउन माग गर्ने र स्थानीय पालिकाको समन्वयबिना संघ तथा प्रदेश सरकारका विकास कार्यक्रमहरूलाई निरुत्साहित गरिने उल्लेख छ । निर्वाचन क्षेत्र सुधार कार्यक्रमहरूलाई पालिकाअन्तर्गत पालिकाको योजनाअनुसार गर्नुपर्ने, संघद्वारा आयोजित योजनाहरू कम्तीमा पनि २० करोड रुपैयाँ र प्रदेशका योजनाहरू १० करोड रुपैयाँभन्दा माथिका हुनुपर्ने र यसभन्दा साना योजनाहरूमा प्रत्यक्ष रूपमा पालिकामै बजेट पठाउने व्यवस्था मिलाउन माग गरिएको छ ।

भ्रष्टाचार उन्मूलनका लागि शून्यसहनशीलता अपनाउन साझा संयन्त्र विकास गर्ने, पालिकाहरूलाई वातावरण मैत्रीपालिकाका रूपमा विकास गर्न विद्युतीय सवारी साधन, केवलकार र छोटो दूरीको सवारी साधनका रूपमा साइकललाई प्रवर्द्धन गर्न जोड दिइएको छ ।

यसैगरी अब बन्ने सडकहरूमा साइकल लेनलाई र सडक किनाराको वृक्षरोपणलाई अनिवार्य गर्ने, शहरहरूलाई साइकलमैत्री शहरका रूपमा विकास गर्ने र प्रत्येक पालिकामा कम्तीमा २ किलोमिटर साइकलमार्ग निर्माण गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…