Khabarpato logo

         

स्थानीय विकास

देशभरका पत्रकारहरू आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दै

खबरदाता

खबरदाता

देशभरका पत्रकारहरू आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दै

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । यसपालि पहिलो पटक महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुँदै छ । यसअघि महासंघको नेतृत्व चयनका लागि पार्षद्हरूले मात्र मत दिन पाउने व्यवस्था थियो । 

देशभरका १३ हजार १८० जना पत्रकारहरू सहभागी रहेको यस निर्वाचनमा केन्द्रीय समितिका ४९ पदका लागि १५२ जनाको उम्मेदवारी परेको छ । यस निर्वाचनमा अध्यक्ष पदका लागि केन्द्रमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकी चुनावी मैदानमा उत्रिएका छन् । पोखरेल नेपाल प्रेस युनियनलगायत प्रेस सेन्टर र प्रेस चौतारी (नेपाल-खनाल) खेमासमेतका विभिन्न ११ वटा संगठनका तर्फबाट साझा उमेदवार भएका हुन् भने शर्मा प्रेस चौतारी (ओली खेमा)का तर्फबाट र बुढाथोकी स्वतन्त्र उम्मेदवार रहेका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् भने महासचिवका उम्मेदवार रोशन पुरी छन् । सचिव पदमा गोविन्द चौलागाईं (खुला), पवन आचार्य (एसोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाति), दीपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित)ले पोखरेल प्यानलबाट उम्मेदवारी दिएका छन् । त्यस्तै, कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

उता, शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा तथा महिला उपाध्यक्षमा दाना केसी सुवेदी उम्मेदवार छन् भने बालकृष्ण बस्नेत उक्त प्यानलबाट महासचिवको उम्मेदवार छन् । त्यसरी नै  सचिव पदमा रामकृष्ण ज्ञवाली (खुला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एसोसिएट) उम्मेदवार बनेका छन् ।  यस प्यानलमा कृृृष्ण गिरी र द्वारिकाप्रसाद काफ्ले क्रमश: कोषाध्यक्ष र लेखा समितिको संयोजक पदको प्रतिस्पर्धामा छन् ।

महासंघको निर्वाचनका लागि ७७ जिल्लाका सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानका विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रंंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज २५ चैतमा मात्र निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । 

महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा ९, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासंंघको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।

आआफ्नो प्रदेशबाटै केन्द्रीय नेतृत्वलाई मत दिन मिल्ने व्यवस्था गरिएको यस पटकको निर्वाचनमा काठमाडौँ उपत्यकामा प्रतिष्ठान सदस्यका लागि १९ वटा मतदान केन्द्र तोकिएको छ भने एसोसिएट सदस्यका लागि दशरथ रंगशालामा मतदान गर्ने व्यवस्था गरिएको छ ।

मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना सुरु गरिनेछ । सबै कुरा स्वाभाविक रहे २६ चैतमा नै सबै तहको मत परिणाम आउने आँकलन गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…