Khabarpato logo

         

राजनीति

ओलीले सोधेको स्पष्टीकरणको नेता नेपालले दिए यस्तो जबाफ

खबरदाता

खबरदाता

ओलीले सोधेको स्पष्टीकरणको नेता नेपालले दिए यस्तो जबाफ

प्रधानमन्त्री निवास बालुवाटारमा ७ चैतमा बसेकाे नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम गत आइतबार एमाले महासचिव ईश्वर पोखरेलले उनीहरूलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए ।

स्पष्टीकरण माग गरेको पत्र पाएपछि मंगलबार नेपाल खेमाका स्थायी कमिटीका केही नेताहरू दिनभर छलफलमा सक्रिय भएका थिए । उक्त छलफलबाट स्पष्टीकरण सोधिएका नेपाल खेमाका चारै जना नेताले पत्रको जबाफ छुट्टाछुट्टै बुझाउने तयारी गरेको बताइएको थियो । 

त्यसैअनुसार बिहीबार वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गर्दै उक्त स्पष्टीकरणको जबाफ दिएका छन् । उनले आफूले नभई पार्टी अध्यक्ष ओली स्वयंले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने जिकिर गरेका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गरेको नेपालले लेखेको जबाफमा अध्यक्ष ओलीले गरेका गतिविधिहरू नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको सातौँ अध्यायका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिको देखिएको उल्लेख गरेका छन् ।

'संगठन संचालनको आधारलाई स्वेच्छाचारी ढंगले भत्काउने भत्काउने आधार तपाईंले कहाँबाट पाउनुभयो ?' भन्दै 'यस्तो स्वेच्छाचारी काम गर्दा तपाईंलाई नवौँ महाधिवेशनमा लिएको शपथको किन सम्झना भएन ?' भनी अध्यक्ष ओलीलाई प्रश्न गरेका छन् । ८ पृष्ठ लामो उक्त जवाफमा नेता नेपालले ओलीले पार्टी र देशको गोप्यता भंग गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्‍याएको लगायत आरोप लगाउँदै स्पष्टीकरण आफूले नभएर अध्यक्ष ओलीले दिनुपर्ने स्पष्ट रहेको दाबी गरेका छन् । १३ बुँदामा समेटिएको उक्त जबाफमा नेता नेपालले ओलीमाथि तिक्ततापूर्ण आक्रोशलाई शालीन र भद्र ढंगले खन्याएका छन् ।

शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक डाकेको छ ।

हेर्नुहोस् जबाफ:

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…