Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्सेमा दोहोरो अंकको गिरावट: कसले कति कमाए, कति गुमाए ?

खबरदाता

खबरदाता

नेप्सेमा दोहोरो अंकको गिरावट: कसले कति कमाए, कति गुमाए ?

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर २५४८.९६ मा ओर्लेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ । कुल २०८ कम्पनीको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख ४० हजार रुपैयाँ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । 

व्यापार १७४.८८, होटल र पर्यटन १५४.०७ र सामूहिक लगानी कोष १.१९ बिन्दुले उकालो लाग्दा बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत् ४४.२९, वित्त २.८८, निर्जीवन बीमा ५४.१५, उत्पादन ४९.६३, अन्य ३७.२२, लघुवित्त ४७.५४, जीवन बीमा १६९.८ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ । 

कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर प्रतिकित्ता ६०८ रुपैयाँमा कारोबार भयो । कुल ९१ करोड ८ लाख ८० हजार ७१९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा छ । यस्तै, माथिल्लो तामाकोसी २६ करोढ ९७ लाख ७२ हजार ४६५, सिद्धार्थ इन्स्योरेन्स २३ करोड ५१ लाख २१ हजार ६९४, नेपाल बंगलादेश बैंक २२ करोड ९२ लाख ४९ हजार ६४२, नेको इन्स्योरेन्स १५ करोड ४९ लाख ९६ हजार ४०, एचआईडीसीएल १५ करोड १८ लाख ८५ हजार ९६४, नेपाल लाइफ इन्स्योरेन्स १४ करोड ९८ लाख ६६ हजार ७७२, एनसीसी बैंक ११ करोड १७ लाख ६१ हजार ७२३, प्रिमियर इन्स्योरेन्स १० करोड ९२ लाख ९२ हजार ६७० र निर्धन उत्थान लघुवित्त १० करोड ८४ लाख २ हजार २८७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार आज सबैभन्दा बढी चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए । सो कम्पनीको शेयरमा आज पनि १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्स ९.९७, बोमी माइक्रोफाइनान्स ९.९४, सिद्धार्थ इन्स्योरेन्स ७.८२, माउण्टेन हाइड्रो ७.१४, बोटलर्स नेपाल तराई ६.३२, महिला लघुवित्त ५.९१, रैराङ हाइड्रोपावर ५.८७, नेपाल पूर्वाधार बैंक ४.६५ र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ४.४९ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, नेपाल बंगलादेश बैंक ६.१४, एनआइबीएल प्रगति फण्ड ५.५०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३५, साञ्जेन जलविद्युत् कम्पनी ४.२२, रसुवागढी हाइड्रोपावर ४.०५, हिमाल दोलखा हाइड्रोपावर ३.५२, कालिका पावर कम्पनी ३.४९, रिडी हाइड्रोपावर ३.४७, सारथि नेपाल लघुवित्त ३.४० र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३४ प्रतिशतले गुमाए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…