Khabarpato logo

         

अपराध

एक महिनाअघि बेपत्ता दम्पत्तीको कङ्काल भेटियो

खबरदाता

खबरदाता

एक महिनाअघि बेपत्ता दम्पत्तीको कङ्काल भेटियो

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका- ५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पत्तीको आज अपराह्न कङ्काल फेला परेको छ । उनीहरू गत १० फागुन राती घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार दुईवटा छुट्टाछुट्टै प्लाष्टिकका बोरामा शरीरको सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पत्तीका शवहरू फेला परेका थिए । बुुुुबालाई उनले लगाएको कपडा र आमालाई उनले लगाएकी चुरा र पोतेको आधारमा निजका छोरा मनीषकुमार झाले दुवै कङ्काल झा दम्पत्तीकै भएको पहिचान गरेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो पिपरा- २ स्थित पिपरा-धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले भर्खरै पुरिएको माटो मिलाउन खोज्दा सोही स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पत्तीको शव भेटिएको थियो । 

घटनास्थलमा प्रदेश २ को प्रहरी, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सहोडवाका टोली पुगी दुवै कङ्कालको उत्खनन गरी आवश्यक जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाइएको छ । 

झा दम्पत्तीका बारेमा प्रहरीले जिल्लाको ४२ पोखरीमा खोजतलास गरिसकेको थियो भने ४ दर्जनभन्दा बढी व्यक्तिलाई सोधपुछ पनि गरिसकेको थियो । त्यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिकसमेत गरिसकेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…