Khabarpato logo

         

स्वास्थ्य

राजधानीबाहिर पहिलो पटक कलेजो प्रत्यारोपण

खबरदाता

खबरदाता

राजधानीबाहिर पहिलो पटक कलेजो प्रत्यारोपण

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ । राजधानीबाहिर कलेजो प्रत्यारोपण गर्ने सीएमसी पहिलो भएको अस्पतालको दाबी छ ।

उक्त शिक्षण अस्पतालले यही ८ चैत आइतबार ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरेको थियो । धनकुमारीलाई उनकै ३३ वर्षीया छोरी उषाले कलेजो दिएकी थिइन् ।

पहिला भरतपुरकै निवासी भए पनि धनकुमारीको परिवार लामो समयदेखि काठमाडौँमा बस्दै आएको थियो । ५ महिनाअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदा कलेजो नराम्रो गरी बिग्रिएको पाइएको थियो ।

कलेजो प्रत्यारोपणपछि आमा-छोरी दुवैको अवस्था सामान्य हुँदै गएको जनाइएको छ । नेपालमा ५ वर्षअघि कलेजो प्रत्यरोपणको सेवा सुरुवात भएको हो । हाल उपत्यकाका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रपछि कलेजो प्रत्यारोपण गर्ने तेस्रो अस्पताल चितवन मेडिकल कलेज भएको बताइएको छ ।

नेपालमा भएको यो आठौँँ प्रत्यारोपण भएको र कलेजो प्रत्यारोपणको खर्च २५ लाख रुपैयाँ लाग्ने अस्पताल स्रोतले जनाएको छ । चिकित्सकहरूका अनुसार दिने व्यक्तिको कलेजोको निश्चित भाग काटेर आवश्यक पर्ने व्यक्तिको शरीरमा राख्ने र कलेजो आफैँ विकसित हुने अंग भएकाले दिने र लिने दुवैको कलेजो बिस्तारै विकसित हुँदै गएर केेेेही समयमै दुवै जना तन्दुरुस्त हुन्छन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…