Khabarpato logo

         

स्वास्थ्य

भारत सरकारद्वारा कोभिशील्ड खोपको निकासीमा रोक, अब के होला?

एजेन्सी

एजेन्सी

भारत सरकारद्वारा कोभिशील्ड खोपको निकासीमा रोक, अब के होला?

भारत सरकारले अकस्मात् कोभिशील्ड खोपको निकासीमा रोक  लगाएको छ ।

प्रतिडोज चार डलरमा किनिएको उक्त खोपको २० लाख डोजमध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख डोज पठाउन  बाँकी छ ।

हालसम्म नेपालले भारत सरकारबाट अनुदानमा पाएको १० लाख डोज खोप, कोभ्याक्स सुविधाअन्तर्गत पाएको झन्डै साढे तीन लाख डोज र आफैँ खरिद गरेकोमध्ये प्राप्त १० लाख डोज मात्र पाएको छ ।

अहिले आधा दर्जनभन्दा धेरै किसिमका खोपहरू बजारमा आइसकेका भए तापनि कतिपय खोप धेरै चिसो तापक्रममा भण्डारण गर्नुपर्ने हुँदा नेपालका लागि अनुपयुक्त देखिएको छ भने कतिपय खोपको मूल्य धेरै बढी छ । कोभ्याक्सीनको प्रतिडोज १६ डलर तथा सिनोफार्म खोपको प्रतिडोज ३० डलर पर्ने भएकोले सरकारलाई  ती खोपको मूल्य तिर्न कठिन परेको बताइएको छ ।

उता चीन सरकारले अनुदानमा दिने भनेको सिनोफार्मको ८ लाख डोज खोप भने अर्को साता ल्याउने चाँजोपाँजो मिलाइँदै गरेको जनाइएको छ ।

भारतको विदेश मन्त्रालय स्रोतलाई उदृत गर्दै बीबीसीले  बताएअनुसार अक्सफोर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि उसले अस्थायी रोक लगाएको छ।

केही समय देखि भारतभित्रै कोभिड बिरामीको सङ्ख्या तिब्ररूपमा बढ्न थालेको र त्यहाँ अप्रिल १ तारिखदेखि ४५ वर्षभन्दा माथिका मानिसला खोप लगाइने भएकाले आन्तरिक माग धान्नकै लागि धेरै खोप भारतमै आवश्यक पर्ने बताइएको छ ।

नेपालमा पनि कोभिड-१९ ले पुन: टाउको उठाउन थालेका बेला भारतको यो अप्रत्याशित कदमले निकै अप्ठेरो पार्न सक्ने विज्ञहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…