Khabarpato logo

समाचार

थुनेर राखेको बाघ भागेपछि त्रास

खबरदाता

खबरदाता

थुनेर राखेको बाघ भागेपछि त्रास

बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेका कारण  स्थानीयमा त्रास बढेको छ ।  लुम्बिनी प्रदेशस्थित उक्त निकुञ्जबाट नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

निकुञ्जका अधिकारीहरूका अनुसार सुरक्षित रूपले खोरमा राखिएको त्यो बाघ आफैँ निस्केर भागेपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको छ ।

मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न आग्रह गरिएको छ भने  पूर्व-पश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न निरन्तर सूचना जारी गरिरहेको निकुञ्ज कार्यालयले जनाएको छ । 

बर्दियाको खाता जैविक मार्गबाट यही ५ चैतमा नियन्त्रणमा लिइएको उक्त बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज समक्ष बुझाएको थियो । बाँके निकुञ्जको खैरी पोस्ट क्षेत्रमा राखिएको खोरबाट मंलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्व-पश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्चसतर्कता अपनाइएको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि