Khabarpato logo

         

स्वास्थ्य

भारतले रोक्यो कोरोनाविरुद्धको खोप निर्यात, नेपालमा के हुन्छ ?

एजेन्सी

एजेन्सी

भारतले रोक्यो कोरोनाविरुद्धको खोप निर्यात, नेपालमा के हुन्छ ?

देशमा कोरोना संक्रमित फेरि बढ्न थालेसँगै भ्याक्सिनको माग बढ्ने भन्दै तत्कालका लागि कोभिशिल्ड निर्यातमा भारतले रोक लगाएको छ । 

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत पर्ने नेपालसहित १९० देशमा यसको असर पर्ने बताबइएको छ । भारतले अहिलेसम्म ७६ देशमा कोरोना भ्याक्सिनको करिब ६ करोड डोज पठाएको छ ।

अहिलेसम्म २० लाख डोज खोप खरिद गरेकाे नेपालले भारतबाट थप ५० लाख डोज खोप किन्ने प्रक्रिया अगाडि बढाएको थियो तर भारतको पछिल्लो निर्णयका कारण अब खरिद प्रक्रिया नै राेकिएकाे छ । 

भारतले पहिलो चरणको खोप अभियानका लागि सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज कोभिशिल्ड खोप नेपाललाई दिएकाे थियाे । खोप आएसँगै सरकारले गत १४ माघदेखि खोप लगाउने अभियान चलाएको थियो । 

भारतले कोभिशील्ड खोप उपलब्ध गराएपछि नेपालले पनि सोही खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियाे । जसअन्तर्गत पहिलो चरणमा २० लाख डोज खोप खरिद गर्ने सरकारले निर्णय गर्‍यो । सिरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप प्रतिडाेज ४ डलरमा किन्ने सहमति पनि गर्‍यो । 

खरिदका लागि सरकारले ८० प्रतिशत रकम बिक्रेता कम्पनीलाई तिरिसकेको छ । खोप आएपछि बाँकी २० प्रतिशत रकम पनि भुक्तानी गरिने सहमति छ । २० लाख डोजमध्ये १० लाख डोज खोप नेपाल आएपछि २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । 

तर, बाँकी १० लाख डोज खोप दिन सिरमले आनाकानी गरेपछि दोस्रो चरणको खोप अभियान बीचमै रोकिएकाे छ । ५० लाख डाेज खाेप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको नेपालले सहमतिअनुसार पाउनुपर्ने १० लाख डोज खोप पनि पाएको छैन । यही बेला भारतले काेभिशील्ड निर्यातमा राेक लगाएकाे हाे ।

कोरोना संक्रमण पुनः बढेपछि युरोपका कतिपय दृश पुनः लकडाउनमा छन् भने भारतले पनि उच्च सतर्कता अपनाइरहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…