Khabarpato logo

         

स्वास्थ्य

कोरोनालाई हेप्नु घातक हुनसक्ने: भारतमा गत २४ घन्टामा २७५ को मृत्यु

एजेन्सी

एजेन्सी

कोरोनालाई हेप्नु घातक हुनसक्ने: भारतमा गत २४ घन्टामा २७५ को मृत्यु


कोभोड-१९ महामारीलाई नेपालमा आमरूपमा नजरअन्दाज गर्न थालिएको भए तापनि यसको प्रभाव घटिसकेको भन्ने सोच राख्नु भ्रम मात्र भएको विभिन्न तथ्यांकबाट स्पष्ट देखिएको छ । 

छिमेकी मुलुकभारतमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारीमा उल्लेख छ । गत २४ घन्टामै त्यहाँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको जनाइएको छ । सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको बताइएको छ । भारतमा मंगलबार एकै दिनमा १० लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

संक्रमण तिब्ररूपमा फैलिन थालेपछि कोभिडको दोस्रो लहर शुरू भएको भन्दै युरोपका विभिन्न मुलुकहरूले पुनः लकडाउन गरिसकेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…