Khabarpato logo

         

राजनीति

सत्ता समीकरणमा जसपा: पुग्ला त 'भ्यागुत्ताको धार्नी ?'

खबरदाता

खबरदाता

सत्ता समीकरणमा जसपा: पुग्ला त 'भ्यागुत्ताको धार्नी ?'

नयाँ सत्ता समीकरणका लागि छट्पटाएको नेकपा एमाले अध्यक्ष केपी ओली खेमा 'निर्णायक' मानिएको जनता समाजवादी पार्टीलाई फकाएर सत्ता टिकाउने दाउमा छ । पटकपटक जसपा अध्यक्ष महन्थ ठाकुरसँग विभिन्न चरणमा वार्ता भइरहेको छ ओलीको तर सहमतिमा पुगेको छैन ।

२ दिनअघि वार्ता सहमतिको नजिक पुगेको बताइए पनि जसपाले आफ्ना रेशम चौधरीलगायत बन्दी रहेका नेता/कार्यकर्ता रिहाइको शर्तलाई अडानका रूपमा राखेपछि वार्ता मिल्न नसकेको स्रोत बताउँछ ।

हिजो १० चैतमा पनि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटारमै पुगेर ओलीलाई भेटे । उक्त भेटमा दुवै तर्फका कार्यदल सदस्यहरूले अहिलेसम्म भएको गृहकार्यबारे ब्रिफिङ गरे ।

मुद्दा फिर्ताको विषयमा पुगेर वार्ता अड्किएको एक सहभागी बताउँछन् । मुद्दा फिर्ता झट्ट नहुने, लामो प्रक्रियागत कार्य भएको हुँदा यो काम तत्काल हुन नसक्ने र बिस्तारै हुने ओलीले आश्वासन दिए पनि जसपाका नेताहरूले मुद्दा मामिलाको विषय नटुंगिएसम्म सत्ता गठनबन्धनमा नजाने बताइरहेका छन् ।

प्रधानमन्त्री ओली भने पहिला आफ्नो सत्ताको आयु लम्ब्याउने, बाँकी 'देखा जाला' भन्ने सोचमा देखिएका छन् । यही भएर जसपाकै अन्य जिम्मेवार नेताहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई मतलब नै नगरी ठाकुर-महतोसँग नजिक बनिरहेका छन् ।

उसो त भट्टराई-यादवलाई जानकारी नै नदिई ठाकुर-महतोले ओलीसँग सत्ता गठबन्धनको पहल गरिरहेको स्रोत बताउँछ । यसमा भट्टराई-यादव ठाकुरप्रति असन्तुष्ट देखिएका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायात तत्कालीन संघीय समाजवादी पार्टीका नेताहरू भने एमालेसँग सत्ता गठबन्धनको पक्षमा छैनन् ।

अहिलेको जसपाको आन्तरिक समीकरण पनि एमालेको जस्तै डामाडोल बन्न थालेकाले सत्ता समीकरणमा निर्णायक मानिएको जसपा अन्ततः कतै नजाने र गए पनि 'भ्यागुत्ताको धार्नी' हुने अवस्था देखिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…