Khabarpato logo

         

स्वास्थ्य

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

खबरदाता

खबरदाता

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

सरकारको निर्णयअनुरूप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोरोनालगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए३३० जहाजले चीनको ‘बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल’मा यही १५ चैतमा उडान भर्ने भएको हो ।

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राती (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । गत ९ चैतको मन्त्रिपरिषद्को बैठकले मित्र राष्ट्र चीनबाट प्रदान गरिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरूप ८ लाख मात्रा कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ ।

बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए४२५१ द्वारा आइतबार काठमाडौँ-बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको छ ।

कोरोना महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरूपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।

सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइड बडी जहाज १५ चैत साँझ ५ः३० बजे काठमाडौँबाट बेइजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेइजिङको स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राती ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

निगमका प्रवक्ता श्रेष्ठले सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्त्वपूर्ण कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरूप आन्तरिक गृहकार्य अघि बढेको जानकारी दिइन् । उनका अनुसार निगमको ए३३० जहाज काठमाडौँ-बेइजिङ-काठमाडौँ उडान कुल ब्लक १२ घण्टा ५ मिनेट रहनेछ । निगमले कोरोनाविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोरोना महामारी उच्च भएका बेला पनि बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा २ थान वाइड बडी ए३२० जहाज र २ थान न्यारो बडी ए३३० जहाजमार्फत ७ वटा देशका ९ वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…