Khabarpato logo

         

अपराध

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १० जनाको मृत्यु

एजेन्सी

एजेन्सी

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १० जनाको मृत्यु

अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी एक जना प्रहरी अधिकृतसहित कम्तीमा १० जनाको ज्यान लिएका छन् । 

एक सशस्त्र आक्रमणकारीले कोलोराडो राज्यको बोल्डर शहरमा अवस्थित एउटा स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए ।

गोली चल्न थालेपछि आफू जोगिन भागाभाग गर्नुपरेको त्यहाँ उपस्थित मानिसहरूले बताएका छन् ।

घटनापछि एउटा पत्रकार सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई  हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

स्थानीय समयअनुसार दिउँसोको साढे २ बजेतिर भएको उक्त घटनामा किङ सुपर्स भनिने संदिग्ध व्यक्तिले सपिङ सेन्टरमा पसेर गोली चलाएका थिए ।

सो घटनालाई त्यहाँ उपस्थित केही व्यक्तिहरूले सामाजिक संंजालमा लाइभ स्ट्रिमिङ गरेका थिए ।

सामाजिक संजालमा पोस्ट गरिएको माथिबाट खिचिएको एउटा दृश्यमा खुट्टा रगतपच्छे भएका एक व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर लगिरहेको देखिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गत महिना मात्र हतियार खरिद गर्न चाहनेहरूको पृष्ठभूमिबारे कडाइपूर्वक जाँच गर्ने गरी कानुन ल्याउन सिफारिस गर्ने बताएका थिए ।

अमेरिकामा बारम्बार गोलीकाण्ड हुँदै आएको भए तापनि सरकारले हालसम्म बन्दुक नियन्त्रणको ठोस व्यवस्था गर्न सकेको छैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…