Khabarpato logo

         

स्वास्थ्य

कोरोनाले बढाउँदै छ मानसिक स्वास्थ्य समस्या: मनोविद्

खबरदाता

खबरदाता

कोरोनाले बढाउँदै छ मानसिक स्वास्थ्य समस्या: मनोविद्

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनै रूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ ।

काठमाडौँमा द स्कुल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित ६ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाले कोरोनाले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन (अवसाद), चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए ।

'अब मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा नै जरुरी छ', उक्त संस्थाका अध्यक्षसमेत रहेका मनोविद् डा. ठगुन्नाले भने, 'सरकारी र गैरसरकारी क्षेत्रबाट पनि सशक्त अभियान नै चाल्नु जरुरी छ ।'

यसपालि उक्त संस्थाबाट १०औँ र ११औँ समूहमा सहभागी १४ प्रशिक्षार्थी दीक्षित भएसँगै उनीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष पदमराज जोशीले दीक्षित प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सककहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्ने बताए । कम विकसित मुलुकमा विज्ञको अभाव हुँदा यसरी तामिल प्रदान गरेर मनोपरामर्शदाता सेवा दिने गरिएको छ । सोहीअनुसार नेपालमा पनि ६ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ ।

भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँदै आएकी प्रशिक्षार्थी सिर्जना श्रेष्ठले सामान्य स्वास्थ्य समस्या हुँदा मानिस औषधि लिन मेडिकल जाने गरेको तथ्य प्रस्तुत गर्दै सही मनोविमर्श सेवा प्राप्त भयो भने धेरै रोग त्यसै निको भएर जानेरहेछ भन्ने कुरा आफूले सिकेको बताइन् । तालिममा स्टाफ नर्स, प्राध्यापन पेसामा सहभागी शिक्षक, मनोविज्ञान र व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका व्यक्तिको आकर्षण बढिरहेको तालिम संयोजक जोत्स्ना डाँगीले जानकारी दिइन् ।

उनका अनुसार संस्थाले हालसम्म १५० जनाभन्दा बढीलाई उक्त तामिल प्रदान गरेकामा उनीहरूमध्ये ८० प्रतिशत प्रशिक्षार्थी रोजगारीमा संलग्न भएका छन् । हाल १२औँ र १३औँ समूहको तालिम चलिरहेको र निकट भविष्यमा १४औँ समूहको प्रशिक्षण सुरु हुने जनाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…