Khabarpato logo

         

स्वास्थ्य

५ लाख ४८ हजार डोज खोप मात्र बाँकी, पहिलो डोज लगाएकाहरू चिन्तित

खबरदाता

खबरदाता

५ लाख ४८ हजार डोज खोप मात्र बाँकी, पहिलो डोज लगाएकाहरू चिन्तित

भारतीय कम्पनी सेरम इन्ष्टिच्युट अफ इन्डियाले कोरोनाविरुद्धको थप खोप नपठाएकाले पहिलो डोज लगाइसकेकाहरूलाई चिन्तित तुल्याएको छ ।

उक्त कम्पनीले २० लाख मात्रा खोप पठाउने गरी सम्झौता गरेर पैसासमेत लिइसकेको भए तापनि माग बढी भएकाले उत्पादनले धान्न नसकेको उल्लेख गर्दै बाँकी १० लाख मात्रा खोप हाल पठाउन नसक्ने जानकारी गराएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख ४८ हजार मात्रा खोप ल्याइएकामा पहिलो चरणको अभियानमा १८ लाख मात्रा खोप खपत भइसकेको छ ।

चीनबाट आउने भनिएको ८ लाख मात्रा भेरोसिल्ड खोप पनि आइपुगेको छैन ।

अब ५ लाख ४८ हजार मात्रा खोप मात्र बाँकी रहेको बताइएको छ । यस्तो अवस्थामा पहिलो डोज लगाइसकेकालाई दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने विषयमा सरकारलाई अप्ठ्यारो परेको स्रोत बताउँछ ।

कोरोनाको अर्को पुस्ता फैलिइरहेको र युरोपलगायत विभिन्न देशहरूमा पुनः बन्दाबन्दी गरिइसकिएको अवस्थामा नेपालमा पहिलो डोज लगाइसकेकाले पनि दोस्रो डोज पाउन नसक्ने जोखिमपूर्ण परिस्थिति आयो भने के होला भनेर विज्ञहरू चिन्तित छन् ।

सेरम र अन्य दाताहरूसँग पनि निरन्तर सम्पर्क र संवाद जारी रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

स्मरण रहोस्, पहिलो डोज कोभिसिल्ड लगाएकाले दोस्रो डोज पनि कोभिसिल्ड र पहिलो भेरोसिल्ड लगाएका व्यक्तिहरूले दोस्रो पनि भेरोसिल्ड नै लगाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । भारतीय कम्पनी सेरमको खोप कोभिसिल्ड हो भने चीनबाट आउने भनिएको खोप भेरोसिल्ड हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…