Khabarpato logo

         

शिक्षा

३० जेठमा स्ववियु निर्वाचन

खबरदाता

खबरदाता

३० जेठमा स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालयले आगामी ३० जेठमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित ५ बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । 

त्रिविले स्ववियु निर्वाचन गर्नका लागि २५ चैतमा सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोरोनाका कारण ढिलो सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्ने, त्रिविको शैक्षिक पात्रोलाई अनुसरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको नेविसङ्घका एक नेताले जानकारी दिए । 

यस्तै, त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवं परामर्श गरी २ महिनाभित्र रायसुझाव पेस गर्न ३ सदस्यीय समिति गठन गर्ने सहमति पनि भएको छ । सहमतिपत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल र नेविसङ्घ विश्वविद्यालय समितिका तर्फबाट अध्यक्ष डा. श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् । 

अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्रा.डा. भुसालले जुस खुवाएर अनशन तोडाएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…