Khabarpato logo

         

अर्थ/वाणिज्य

२४ अंकले घट्यो नेप्से, कसले कति गुमाए ?

खबरदाता

खबरदाता

२४ अंकले घट्यो नेप्से, कसले कति गुमाए ?

सोमबार शेयर बजार परिसूचक नेप्से २४.०८ अंकले घटेर २५१४.३९ अंकमा बन्द भएको हो ।

कारोबारमा आएका २११ कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा कारोबार भएको छ ।

आज होटल तथा पर्यटन र विकास बैंकबाहेक सबै समूह घटेका छन् । होटल तथा पर्यटन ३.४७ र विकास बैंक ४.७९ प्रतिशतले बढेका छन् । 

बैंकिङ समूह १.२ प्रतिशत, व्यापार ०.४४, विकास बैंक ०.७६, फाइनान्स ०.७१, निर्जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन २.२७, अन्य १.५३, माइक्रो फाइनान्स २.०३, जीवन बीमा १.८१, म्युचुअल फन्ड ०.३८ र लगानी समूहको १.४२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

अन्य समूहको शेयर मूल्यमा गिरावट आए पनि माथिल्लो तामाकोशीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर मूल्य ६६ रुपैयाँले बढेर ७२६ पुगेको छ । चन्द्रागिरि हिल्सको मूल्य ९.९९ प्रतिशतले बढेर १ हजार ५६३ प्रतिकित्ता कायम भएको छ । 

कारोबारका आधारमा आज माथिल्लो तामाकोसी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ४६ करोड ९६ लाख ८९ हजार ८७६ कित्ता शेयर बिक्री भएको हो । नेपाल बंगलादेश बैंकको ३१ करोड ४३ लाख ७३ हजार २०४ कित्ता शेयर बिक्री भएको छ । 

कारोबारमा आएका कम्पनीमध्ये ३३ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य भने कुनै परिवर्तन आएको छैन ।

यस दिन प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य भने सबैभन्दा धेरै ४.७१ प्रतिशतले घट्यो । सपोर्ट माइक्रो फाइनान्सको मूल्य ४.४७ प्रतिशतले घट्यो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…