Khabarpato logo

         

राजनीति

विप्लवको चिन्ता: आफू त खुला भइयो, अरू नेता-कार्यकर्ता कहिले छुट्लान् ?

खबरदाता

खबरदाता

विप्लवको चिन्ता: आफू त खुला भइयो, अरू नेता-कार्यकर्ता कहिले छुट्लान् ?

फाइल फोटो

सरकारसँग सम्झौता गरेर हठात् शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आफ्ना थुनामा रहेका नेता-कार्यकर्ताको चिन्ता लाग्न थालेको छ ।

उनी पक्राउ परेर थुनामा रहेका आफ्ना नेता-कार्यकर्ता रिहा गराउन सरकारलाई आग्रह गरिरहेका छन् ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा पनि विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको ३ बुँदे सहमतिअनुसार आफ्ना नेता-कार्यकर्ता रिहा गर्न आग्रह गरे ।

विप्लवको आग्रहमा प्रधानमन्त्री ओलीले कारागारमा रहेका नेता-कार्यकर्ता रिहाइका लागि सरकारले काम गरिरहेको भन्दै आश्वासन दिए ।

गत २० फागुनमा सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा कारागारमा रहेका विप्लवका नेता-कार्यकर्ता रिहा गर्ने र उनीहरूमाथि लगाइएका सबै मुद्दा खारेज गर्ने उल्लेख छ ।

सहमति भएको ३ साता भइसक्दा पनि आफ्ना नेता-कार्यकर्ताको रिहाइ नभएपछि विप्लव चिन्तित बनेका हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…