Khabarpato logo

         

राजनीति

मन्त्रिपरिषद्का निर्णय: नियुक्तिदेखि शहीद घोषणासम्म

खबरदाता

खबरदाता

मन्त्रिपरिषद्का निर्णय: नियुक्तिदेखि शहीद घोषणासम्म

राष्ट्रपति विद्यादेशी भण्डारीको भोलि ९ चैतदेखि हुने बंगलादेशको २ दिने राजकीय भ्रमणमा ३ वटा समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । 

मन्त्रिपरिषद्का पछिल्ला ४ वटा बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने मन्त्री जानकारी दिए । त्यससँगै रेल, यातायात र बन्दरगाहालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने उनले बताउनुभयो । उनले भने, 'बंगलादेशले नेपालमा बिजुली खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास छ ।' 

सरकारले नेपाल र बंलादेशबीच हुने एउटा समझदारीमा हस्ताक्षर गर्न नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्री गुरुङले पर्यटनसम्बन्धी समझदारीमा समेत हस्ताक्षर गरिने बताए । सरकारले १०-१३ चैतमा थाइल्याण्डको बैंककमा आयोजना हुने दिगो विकाससम्बन्धी आठौँ एसिया-प्रशान्त मञ्च विषयक भर्चुअल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने निर्णय गरेको छ । 

त्यस्तै,१४-१६ वैशाखमा थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घ, एसिया प्रशान्त आर्थिक-सामाजिक परिषद्को ७७औँ सेसनमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. कँडेल नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्नेसमेत निर्णय गरेको छ । 

सरकारले जापान सरकारले उपलब्ध गराउने करिब १ अर्ब ८ करोड रुपैयाँ बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए । महाकाली लोकमार्गअन्तर्गत दार्चुला-टिंकर सडकको निर्माण तथा स्तरोन्नति गर्न कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाअन्तर्गत विभिन्न सामुदायिक वनहरूको २५३.३६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । त्यहाँ रहेका १९ हजार ६६ रूख पोलहरू हटाउन स्वीकृति दिइने भएको छ । 

मन्त्रिपरिषद्को बैठकले ढुङ्गा, गिट्टी, बालुवा जस्ता साधारण निर्माणमुखी वस्तुहरूको उत्खनन, सङ्कलन, बिक्री व्यवस्थापन तथा सोसँग सम्बन्धित विषयहरूको नियमनसम्बन्धी कानुनको मस्यौदा तयार गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाग्मती प्रदेशलाई लिजमा दिन स्वीकृति दिने निर्णय पनि भएको छ । 

सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा अमरगढी विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल (तामाङ)लाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै, तत्कालीन पञ्चायती शासन व्यवस्थाविरोधी आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला बिर्तामोड नगरपालिका- ९ का स्व. चन्द्र डाँगी र बुद्धशान्ति गाउँपालिका- १ का स्व. रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्ने निर्णय पनि भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…