Khabarpato logo

         

राजनीति

राष्ट्रपतिको बंगलादेश भ्रमण: के लिएर जाँदै छन्, के लिएर फर्किन्छिन् ?

खबरदाता

खबरदाता

राष्ट्रपतिको बंगलादेश भ्रमण: के लिएर जाँदै छन्, के लिएर फर्किन्छिन् ?

फाइल फोटो

देशको राजनीतिक अवस्था लथालिङ्ग छ । अन्योल र अस्थिरताले विकास निर्माणदेखि जनजीवनसम्ममा असर परेको छ । अर्थतन्त्र डामाडोल छ । त्यसमाथि वैश्विक महामारी कोरोनाका कारण सामाजिक जीवनका सबैजसो पक्षका सूचक ऋणात्मक छन् ।

यही बेला राष्ट्रपति विद्यादेवी भण्डारी २ दिने राजकीय भ्रमणका लागि भोलि सोमबार बंगलादेश जाँदै छन् । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा राष्ट्रपति भण्डारी बंगलादेश जान लागेकी हुन् ।

केही दिनअघि विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूलाई बोलाएर आफू बंगलादेश भ्रमणमा जाने जानकारी गराएकी थिइन् भण्डारीले । तर, उनको भ्रमणका विषयमा भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा बैठक केन्द्रित भएको थियो ।

सन् २०१९ को नोभेम्बरमन बंगलादेशका राष्ट्रपति हमिदले नेपालको राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालको तर्फबाट यो पछि भ्रमण हुन लागेको हो ।

राष्ट्रपति भण्डारीको यो भ्रमण बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुनका निम्ति भएको बताइएको छ ।

बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । सो कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल-बंगलादेश सम्बन्धका बारेमा प्रवचन दिने कार्यसूची छ । उनले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न २ पक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम पनि तय भएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् भने त्यहाँको शहीद स्मारकको भ्रमण गर्ने कार्यक्रम पनि छ ।

ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।

तर, अघिल्ला राजकीय भ्रमणहरूमा आतिथ्य देश र अतिथि देशबीच विभिन्न सन्धि र सम्झौता हुने गरेका थिए । यो परंपरा राष्ट्रपति भण्डारीको भ्रमणमा तोडिएला वा निरन्तरता दिइएला भन्ने जनचासो बढेको छ ।

नेपालको वर्तमान संविधानले प्रधानमन्त्रीलाई कार्यकारी मानेको छ भने राष्ट्रपतिलाई आलंकारिक भूमिकामा सीमित गरेको छ । यस कारण पनि आमअनुमान छ कि राष्ट्रपतिले भ्रमणका क्रममा कुनै सन्धि-सम्झौता गर्नेछैनन् ।

तर, यथार्थ फरक छ । बंगलादेश भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाल सरकारका तर्फबाट केही महत्त्वपूर्ण विषयमा हस्ताक्षर गर्दै छन् ।

मन्त्रिपरिषद्को निर्णय सुनाउन आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केही सम्झौतापत्रमा बंगलादेशसँग हस्ताक्षर हुने बताए । पशुपन्छी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल-बंगलादेश यातायात सञ्चालनको विषयको सम्झौतापत्रमा हस्ताक्षर हुने पनि उनले जानकारी दिए । 

बंगलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा छलफल हुने मन्त्री गुरुङको भनाइ थियो ।

नेपालले बंगलादेशलाई तरकारी, फलफूल, औषधिका कच्चा पदार्थलगायत निर्यात गर्ने र बंगलादेशले नेपाललाई फलफूलका जुस, कागज, पेपर बोर्ड, जुट र अन्य कपडाजन्य वस्तु निर्यात गर्छ ।

यसका लागि नेपाल-बंगलादेशका बीच जोडिने स्थलमार्ग र बन्दरगाहको सहज प्रयोग आवश्यक छ । राष्ट्रपति भण्डारीले यस विषयमा बंगलादेशका उच्चअधिकारीसँग छलफल गर्ने बताइएको छ ।

नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट भारतको छोटो भूभाग फूलबारी हुँदै जाने बंगलादेशको बंगलाबन्द ४० किलोमिटर मात्र छ । चिटगाउँ र मोङ्लाबाट त्यो क्षेत्रसम्म कार्गो रेलको अवस्था बनेमा ती क्षेत्रबाट सामान ल्याउन सहज हुने नेपाली अधिकारी बताउँछन् ।

बंगलादेशले नेपाललाई थप रेल पारवहनका लागि नेपाल–रोहनपुर (बंगलादेश)-सिंहाबाद (भारत) करिडोरलाई उपलब्ध गराएको छ ।

तर, क्षेत्रीय रेल सेवा सञ्चालनसम्बन्धी योजना बने पनि त्यो अघि बढ्न सकेको छैन । यसैलाई निरन्तरता दिने वा नयाँ ढंगबाट अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने परराष्ट्र स्रोतले बताएको छ ।

बंगलादेशको मलको विषय यस वर्ष लामो समय चर्चामा रह्यो तर मल नेपाली किसानको भागमा पर्न सकेन । नेपाल र बंगलादेशका प्रधानमन्त्रीबीच मल ल्याउने विषयमा टेलिफोन संवाद भए पनि बंगलादेशी मल नेपाल ल्याउन सकिएन र नेपालमै मल उद्योग खोल्ने निर्णय गर्न सरकार बाध्य भयो ।

राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा यस विषयलाई पनि महत्त्वपूर्ण विषयको रूपमा उठाउने स्रोत बताउँछ । बंगलादेशले पनि यस भ्रमणमा उक्त विषयलाई समावेश गरेर सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारीमा जुटेको बताइएको छ ।

नेपाल-भारत-बंगलादेश यातायात सञ्चालन गर्ने तयारी निकै अगाडिदेखि भए पनि सफल भएको छैन । भूटानलाई पनि यसमा समावेश गर्ने गरी पहल अघि बढिरहँदा भूटान पछि हटेपछि यो काम अघि बढ्न सकेको थिएन ।

२०७५ सालमा प्रदेश १ सरकारले त्रिदेशीय पहल गर्ने निर्णय गरेको थियो । प्रदेश १ बाट बंगलादेशसम्म यातायात सञ्चालन गरेर प्रदेशको पर्यटन तथा आर्थिक विकास गर्ने लक्ष्य लिएको थियो । यसैलाई आधार मानेर राष्ट्रपतिको भ्रमणमा यस विषयमा पनि छलफल गरेर राष्ट्रपतिले हस्ताक्षर गर्ने बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…