Khabarpato logo

         

राजनीति

आगामी सरकारमा भूमिकाबारे छलफलका लागि भोलि कांग्रेस बैठक

खबरदाता

खबरदाता

आगामी सरकारमा भूमिकाबारे छलफलका लागि भोलि कांग्रेस बैठक

पछिल्लो राजनीतिक अन्योल र गञ्जागोलमा जिम्मेवार राजनीतिक दलहरू नै अनिर्णयका बन्दी बनिरहेका छन् । सत्तारुढ नेकपा एमाले आन्तरिक कलहमा व्यस्त छन् भने सत्ता साझेदार माओवादी केन्द्र पनि एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाकै पछिपछि ओलीविरुद्ध संघर्षमा छ ।

यस अवस्थामा प्रमुख प्रतिपक्ष कांग्रेस भने चुपचाप बसिरहेको छ- बामपन्थीहरूको लडाइँको रमिता हेरेर । तथापि, कांग्रेसलाई आगामी सरकारको नेतृत्व लिने दबाब पनि परिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुँदैन भन्ने अडानमा छन् ।

यसैबीच नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गर्न  भन्दै भोलि ९ चैत दिउँसो बैठक बोलाइएको छ ।

कांग्रेस महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकाअनुसार १० चैतभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नवीकरणको सूची केन्द्रमा पठाइसक्नुपर्नेछ ।

तर, स्रोतहरूका अनुसार बैठकमा सरकार गठनमा देखिएको अलमल र कांग्रेसको आगामी सरकारमा भूमिकाबारे समेत छलफल हुने बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…