Khabarpato logo

         

राजनीति

'झलनाथ खनालका बारे आएका समाचार गलत र भ्रामक हुन्'

खबरदाता

खबरदाता

'झलनाथ खनालका बारे आएका समाचार गलत र भ्रामक हुन्'

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे विभिन्न खालका खबर आइरहेपछि उनको सचिवालयले स्पष्टीकरण दिएको छ । 

उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चार माध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खनालको स्वास्थ्य बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील नभएको प्रष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिदेखि स्वास्थ्यमा सामान्य मात्र समस्या देखापरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

खनालको स्वास्थ्यलाई लिएर सञ्चार माध्यमले भ्रामक र अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने काम गरेको भन्दै उनले आपत्ति पनि जनाएका छन् । 

कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्नुपर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, 'उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत्, प्रबुद्ध समुदाय, शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।'

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…