Khabarpato logo

समाचार

४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद नेपाल आइपुगे, आजै परिवारको जिम्मा लगाइने

खबरदाता

खबरदाता

४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद नेपाल आइपुगे, आजै परिवारको जिम्मा लगाइने

४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसाद स्वदेश आइपुगे

भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिना आइतबार स्वदेश आइपुगेका  छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा शनिबार दुर्गाप्रसाद शनिबार छुटेका हुन् ।  उनलाई आजै झापामा पत्रकार सम्मेलन गरेर परिवारको जिम्मा लगाइने बताइएको छ । 

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल)मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशअनुसार शनिबार छुटेका हुन् ।

शारीरिक र मानसिक रूपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए ।

अदालतले उनको मानसिक अवस्था ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि