Khabarpato logo

         

मुख्य

मनाङमा ट्रक दुर्घटना : एकै परिवारका ३ सहित ५ को मृत्यु, ३ घाइते

खबरदाता

खबरदाता

मनाङमा ट्रक दुर्घटना : एकै परिवारका ३ सहित ५ को मृत्यु, ३ घाइते

मनाङ जिल्लाको नासोँ गाउँपालिका- ४ को खोत्रोमा ट्रक दुर्घटना भएको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमै ३ जनाको मृत्यु भएको र उपचारका लागि लमजुङ लैैैजाने क्रममा थप २ जनाको बाटोमै मृत्यु भएको थियो ।

दुर्घटना भएको ध१ख ५९२ नम्बरको ट्रक बेँसीशहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर मनाङको नासोँ गाउँपालिका- ४, ओडारगाउँका अन्दाजी ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनीषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । मृतक लिउन मनीषाका छोरा हुन् । मनीषा र जलकाशी दिदी-बहिनी हुन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका- ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका- ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि जिल्ला अस्पताल बेँसीसहरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

राती ८ बजे अस्पताल पुर्‍‍‍याउनेबित्तिकै नेपाल र विश्वकर्मालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाका गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका- ३ का २४ वर्षीय सुमन तामाङ, नासोँ गाउँपालिका- ४ का अन्दाजी ३ वर्षीय थिउन गुरुङ र अन्दाजी ७ वर्षीय निहल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रेफर गरिएको बताइएको छ ।

मृतक ३ जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल, मनाङमा पठाइएको प्रहरीले बताएको  छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Prime Minister KP Sharma Oli's move of dissolving the House of Representati…

'We don't allow foreign interference': President Xi

'We don't allow foreign interference': President Xi

On the occasion of the centenary celebrations of the Communist Party of China (…

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez, born in Carolina, east of the Puerto Rican capital of Sa…

It's Enough! Stop it and Start a New Way

It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with…