Khabarpato logo

         

प्रवास

४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद

खबरदाता

खबरदाता

४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद

विगत ४० वर्षदेखि भारतीय जेलमा रहेका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना उर्फ दीपक जैसी शनिबार दिउँसो रिहा भएका छन् । 

शारीरिक र मानसिक रूपमा कमजोर भएका तिम्सिनाले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिँदै आफू निर्दोष रहेको बताएका थिए ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । 

दुर्गाप्रसादका भाइ प्रकाशचन्द्र तिम्सिना उनलाई लिन दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

गत बुधबार कोलकाता उच्च अदालतका न्यायाधीशहरू थोट्टाथिल बी नायर राधाकृष्णन् र अनिरुद्र रोयको इजलासले उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र, दुर्गाका कानुन व्यवसायीहरू तथा सहयोगी संस्था 'विश्व सेवा विस्तार'का प्रतिनिधि इन्द्र बस्नेतलगायतले उनलाई भेटेका थिए ।

दुर्गाका कानुन व्यवसायीहरूका अनुसार  हरेक ६ महिनामा उनको मानसिक अवस्थाका सम्बन्धमा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । महावाणिज्य दूतावासले पुन: अदालतलाई जानकारी गराउनेछ ।

जुनीभर जेलमा बसेर ४० वर्षपछि  अदालतको आदेशले छाडिएका तिम्सिनाले के कस्तो क्षतिपूर्ति पाउने भन्ने र अभियोजन तथा न्याय प्रणालीको त्रुटि एवं ढिलासुस्तीका कारण भएको पीडित व्यक्तिको मानवअधिकारको हननका सन्दर्भमा भारतीय र नेपाली विज्ञ समुदायमा बहस सुरु भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राहदानी विभागले आइतबार पनि सेवा दिने

राहदानी विभागले आइतबार पनि सेवा दिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्न…

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वै…

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र…

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । म…