Khabarpato logo

         

स्वास्थ्य

कोरोना संक्रमण बढेपछि फ्रान्समा पुन: लकडाउन

एजेन्सी

एजेन्सी

कोरोना संक्रमण बढेपछि फ्रान्समा पुन: लकडाउन

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि फ्रान्सका प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गर्का छन् ।

लकडाउनका समयमा मानिसहरूलाई अत्यावश्यक कामका लागि मात्र घरबाहिर निस्कने अनुमति दिइनेछ । तर, एक राज्यबाट अर्काेमा जान भने यात्रा प्रतिबन्ध गरिएको छ ।

विद्यालयहरू खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरू पूर्ण रूपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।

काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटरसम्मको कामका लागि मात्र जान सक्नेछन् ।

प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेनलमा रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने तर विद्यालय र उद्योगहरू भने खुला हुने जानकारी दिए ।
 
फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी संक्रमित थपिँदै गएका छन् ।

गएको २४ घन्टायताको तथ्यांकमा यहाँका ३५ हजार जनामा संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको संक्रमणबाट निधन भएको छ ।

फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…