Khabarpato logo

         

स्वास्थ्य

भारतमा कोरोना संक्रमण दरमा पुनः तीब्रता, विज्ञहरू चिन्तित

एजेन्सी

एजेन्सी

भारतमा कोरोना संक्रमण दरमा पुनः तीब्रता, विज्ञहरू चिन्तित

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । ८ दिनयता हरेक दिन २० हजारभन्दा बढी कोरोना संक्रमित थपिइरहेको बताउँदै भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहिवार सार्बजनिक गरेको एक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र ३५ हजार ८७१ नयाँ संक्रमित थपिएका छन्, जुन दैनिक संक्रमितको संख्यामा ३ महिनायताकै उच्च हो ।

यससँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार नाघेको छ । तीमध्ये १ करोड १० लाख ६३ हजारभन्दा बढी निको भइसकेका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ५२ हजार २६४ छ । पछिल्लो २४ घण्टामा कोरोनाले १७२ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५९ हजार २१६ पुगेको छ ।

केही दिनयता संक्रमितको संख्यामा भइरहेको वृद्धिलाई विज्ञहरूले संक्रमणको दोस्रो लहर हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । माहामारीले पुनः आक्रामक रूप लिन थालेपछि महाराष्ट्रलगायत केही राज्यहरूले विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यू आदेश जारी गरिसकेका छन् ।

बढ्दो संक्रमण र खोप अभियानको प्रगतिको समीक्षा गर्न मुख्यमन्त्रीहरूसँग बुधबार भिडियो कन्फरेन्समार्फत  छलफल गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणको अर्को लहरलाई समयमै रोक्नका लागि खोप अभियानलाई तीब्रता दिन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

३ माघदेखि खोप अभियान सुरु गरिएको भारतमा हालसम्म ३ करोड ७१ लाख ४३ हजारभन्दा बढीले खोप लगाइसकेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…