Khabarpato logo

         

राजनीति

जंगिए केपी ओली: नेपाल-खनाल खेमालाई दिए यस्तो धम्की

खबरदाता

खबरदाता

जंगिए केपी ओली: नेपाल-खनाल खेमालाई दिए यस्तो धम्की

फाइल फोटो

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाप्रति रुष्ट बनेका छन् । हिजो मात्र नेपाल-खनाल खेमालाई फकाउन प्रयास गरेका ओली आजै उनीहरूप्रति आक्रामक बनेका हुन् ।

हिजोको खनाल-नेपाल खेमासँगको भेटमा सो खेमाले ओलीले २८ फागुनमा गरेको आफ्ना खेमाका पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय फिर्ता लिनुपर्ने प्रमुख माग राखेको थियो । तर, उक्त मागप्रति ओली उदार नबनेपछि नेपाल-खनाल खेमाले ओलीविरोधी आफ्ना कार्यक्रम र गतिविधिलाई निरन्तरता दिने निर्णय गर्‍यो ।

सोही निर्णयअनुसार आज बालुवाटारमा अध्यक्ष ओलीले राखेको चियापान बहिष्कार गर्दै पूर्वनिर्णय भएको ४-५ चैतको उक्त खेमाको राष्ट्रिय कार्यकर्ता भेलाको जानकारी दिन भन्दै आज २ बजेका लागि सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

यहीबीच गुटगत भेलामा नजान नेता, कार्यकर्तालाई ओलीले आग्रह गर्दै नेपाल-खनाल खेमालाई संकेत गर्दै उक्त खेमाको नाम भने नलिई केही मानिसहरुले भेला आयोजना गर्दै छन् भन्ने आफूलु सुनेको र एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता, कार्यकर्तालाई त्यस्ता गुटगत भेला नगर्न र नजान निर्देशन दिएका छन् ।

एमालेभित्रको वर्तमानमा देखिएको किचलोबारे पार्टीका केन्द्रीय सदस्यहरूको मत र मन बुझ्नका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले केही मानिसहरूले आफूसँग निहुँ खोजिरहेका र भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्नेे, समानान्तर कमिटी बनाउने भन्ने सुनेको बताए ।

ओलीले अराजकता, विधि, विधानविपरीत काम, एकताविरोधी क्रियाकलापमा कसैलाई छुट नहुने भन्दै नपाल-खनाल खेमालाई धम्की दिन पनि भ्याए । उनले अब अचाक्ली भएको, पार्टीलाई पार्टीका रूपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन नसक्ने बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…