Khabarpato logo

         

अपराध

करोडौँ रुपैयाँ हिनामिनाका अभियुक्त भेटवाल १ लाख ९० हजारमा रिहा !

खबरदाता

खबरदाता

करोडौँ रुपैयाँ हिनामिनाका अभियुक्त भेटवाल १ लाख ९० हजारमा रिहा !

१३ करोड रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोग लागेका काठमाडौँ भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालतले १ लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

एउटा फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् ।

४० करोड रुपैयाँभन्दा बढी सम्पत्ति हिनामिना गृएकामा भेटवालसँग १३ करोड २६ लाख रुपैयाँ विगो माग दाबी गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो ।

भेटवालको रिहाइलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ । यति ठूलो सार्वजनिक सम्पत्तिको हिनामिनामा नाम मात्रको रकम धरौटीबापत लिएर अभियुक्तलाई छाड्ने विषय कतै राज्य संरक्षित अपराधकै निरन्तरता त होइन ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…