Khabarpato logo

         

अपराध

यौन हिंसाको विरोधमा अस्ट्रेलियाभर प्रदर्शन, हजारौँ सहभागी

एजेन्सी

एजेन्सी

यौन हिंसाको विरोधमा अस्ट्रेलियाभर प्रदर्शन, हजारौँ सहभागी

महिलामाथि देशव्यापी रूपमा हुने गरेका यौन दुर्व्यवहार तथा यौनजन्य हिंसाका विरुद्धमा अस्ट्रेलियाभर दशौँ हजार मानिसहरूले प्रदर्शन  गर्दै मार्चपास गरेको बताइएको छ ।

हालसालै अस्ट्रेलियाको संसदको सेरोफेरोमा केन्द्रित यौन आक्रमणका आरोपहरूबाट पैदा भएको तरंगले मानिसहरू उत्तेजित भएका थिए ।

एक हप्ताअघि अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिश्चियन पोर्टरले आफू सन् १९८८ को एउटा बलात्कारको आरोपको सिकार भएको (जुन कुरा उनी अस्वीकार गर्थे) खुलासा गरेपछि त्यहाँ संगठित रूपमा प्रदर्शन गर्न सुरु गरिएको बीबीसीले जनाएको छ ।

अर्को एउटा छुट्टै मुद्दामा पूर्व राजनीतिक सल्लाहकार ब्रिटानी हिगिन्जले आफू सन् २०१९ मा एउटा मन्त्रीको कार्यालयमा बलात्कृत भएको कुरा बताएपछि प्रदर्शनको आगोमा घीउ थपिएझैँ भएको थियो । सोमबार संसद भवनबाहिर हजारौँ मानिसहरूलाई संबोधन गर्दै उनले भनेकी थिइन्, 'अस्ट्रेलियामा महिलाले अनुभव गरेको यौन हिंसाको अवस्था भयावह रूपमा संस्थागत भएको छ ।

आफ्नो मन्तव्यका क्रममा उनले संसद भवनमा त त्यस्तो हुन्छ भने अन्यत्र त निश्चित रूपले त्यस्ता अपराधका घटना हुन सक्ने कुरा महिलाहरूलाई दुखद् स्मरण गराउने एक मात्र उद्देश्यले उनले आफ्नो कथा अगाडि ल्याएको उल्लेख गरिन् ।

आयोजकहरूले अस्ट्रेलियामा भएकामध्ये महिलाको सबैभन्दा ठूलो आन्दोलन हुन सक्ने बताएको 'मार्च फर जस्टिस' नाम दिइएको उक्त प्रदर्शनका जुलुसहरू क्यानबेरा, सिड्नी, मेल्बोर्नलगायत ४० वटा शहर एवं बजारहरूमा सोमबार दिउँसोदेखि नै जम्मा हुन थालिसकेका थिए ।

लैङ्गिक हिंसामा मारिएका महिलाहरूको नाम लेखिएको लामो ब्यानर बोकेका धेरै सहभागीहरूले कालो पहिरन लगाएर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

अस्ट्रेलिया सरकारका मन्त्रीले आफूविरुद्धको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

उनीहरूले सरकारका वरिष्ठ मन्त्री पोर्टरको राजीनामासमेत माग गरेका छन् साथै महान्यायाधिवक्ताविरुद्धको फाइल  प्रहरीले बन्द गरेको बताए पनि छुट्टै अनुसन्धान टोली खडा गरी उनीविरुद्धको कार्यवाही अगाडि बढाउनुपर्ने प्रदर्शनकारीहरूको माग रहेको उल्लेख गरिएको छ ।

गत १५ फेब्रुअरीमा हिगिन्जले पहिलो पटक आफ्नो सहकर्मीद्वारा जबर्जस्ती करणी गरेको बताएपछि यौनजन्य हिंसाका आआफ्ना कथा लिएर ठूलो संख्यामा अस्ट्रेलियाका विद्यालय, कार्यस्थल र अन्य क्षेत्रका महिलाहरू सार्वजनिक हुन थालेपछि त्यहाँ एक किसिमको तरंग उत्पन्न भएको थियो ।

सरकारले यौनिक आक्रमणका घटनाको पर्याप्त प्रतिक्रिया गर्न नसकेको प्रदर्शनकारीहरूको ठहर छ ।

आलोचकहरूले अस्ट्रेलियाली सरकार समस्या हल गर्ने कुरामा उदासीन एवं सुस्त देखिएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री स्कट मोरिसनले प्रदर्शनकारीहरूको तर्फबाट आफूलाई संसद भवनमा भेट्न डेलिगेसन आउन आमन्त्रण गरेकामा आफूहरू अगाडि आइसकेको अवस्थामा अब ढोका पछाडि गएर बैठक नगर्ने बताउँदै प्रधानमन्त्री र सरकारका महिला मन्त्रीले जुलुसमै आएर आफूहरूसँग भेट गर्नुपर्ने अडान प्रदर्शनकारीहरूले राखेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…