Khabarpato logo

         

अर्थ/वाणिज्य

नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन

खबरदाता

खबरदाता

नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज (२ चैत) अन्तिम दिन हो । कोषले गत २१ फागुनदेखि ३ लाख ५४ हजार १५० कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा ल्याएको थियो ।

गत २८ पुसदेखि १९ माघसम्म १ बराबर ०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निश्काकासन तथा बिक्री खुला गरेको थियो । त्यसमध्ये बिक्री नभएको साढे ३ लाख कित्ता शेयर कोषले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन ।

कोषको शेयर बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै, राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौँडा, तुल्सीपुर र महेन्द्रनगर शाखा कार्यालय तथा नागरिक लगानी कोषको कार्यालय नयाँ बानेश्वर तथा विराटनगर र पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…