Khabarpato logo

         

राजनीति

ओली-कदमविरुद्ध गर्जिए ११ स्थायी कमिटी सदस्य

खबरदाता

खबरदाता

ओली-कदमविरुद्ध गर्जिए ११ स्थायी कमिटी सदस्य

नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका सदस्यले यस्तो बताएका हुन् ।

पार्टीं पंक्तिको अपेक्षा, देशको आवश्यकता र पार्टीको विधान, पद्धति र अभ्यासविपरीत केपी शर्मा ओलीद्वारा सरकारी निवासमा गुटको भेला गरेर त्यसलाई केन्द्रीय कमिटीको विशेष बैठकको नाम दिएर जिम्मेवार नेतालाई पदमुक्त गर्ने, नेताहरूको पदीय जिम्मेवारीमा फेरबदल गर्ने र केही नयाँ व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने अवैध र स्वेच्छाचारी गुटगत कार्य भएको भन्दै विज्ञप्तिमा केन्द्रीय कमिटीका बहुमत सदस्यको उपस्थिति नै नभएको उक्त गुटको भेलाबाट पार्टी विधानको व्यवस्थाविपरीत अवैधानिक रूपमा विधान संशोधन गरिएको कुरा सार्वजनिक भन्दै पार्टीको विधानअनुरूप पार्टी विधानको संशोधन विधान महाधिवेशनले मात्र गर्न सक्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसमेतको जिम्मेवारी प्राप्त गरी केपी शर्मा ओलीबाट जनादेशअनुरूप ५ वर्ष बामपन्थी सरकार चलाउने, पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय एकता कायम गर्ने भूमिका निभाउँदै निर्वाचन गर्नुको सट्टा सरकारलाई विघटनतर्फ लैजाने, प्रतिनिधि सभालाई असंवैधानिक रूपमा विघटन गर्ने, बामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्त पार्ने र आफ्नै पार्टी नेकपा एमालेलाई समेत विभाजित गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ काम कुराहरू भएको भन्दै अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…