Khabarpato logo

         

समाचार

मालपोत कार्यालयको अव्यवस्थाले निम्त्याएको लहान घटना, यस्तो छ गोइत समूहको विगत

खबरदाता

खबरदाता

मालपोत कार्यालयको अव्यवस्थाले निम्त्याएको लहान घटना, यस्तो छ गोइत समूहको विगत

आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ७ जना घाइते भए । मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । 

कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका- ४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर भएको बताइएको छ ।

विस्फोटमा परेर विष्णपुर गाउँपालिका, सिरहाका शिवकुमार यादव, गोलबजार नगरपालिकाका भोलाबहादुर मगर, लक्ष्मी राना (३५), बेचनी मगर, फूलकुमारी ठाकुर, सिरहा नगरपालिकाका लालबहादुर बिश्वकर्मा (५२), भगवानपुर गाउँपालिकाका बद्रीनारायण यादव (५४) र धनगढीमाई नगरपालिकाका दिनेश भण्डारी (३५) घाइते भएका सिरहा प्रहरीले जानकारी दिएको छ ।

मालपोत कार्यालय आफैँमा सेवाग्राहीको बढी चाप हुने कार्यालय हो । आइतबार पनि निकै चाप थियो यस कार्यालयमा । 

अनियमितता र भ्रष्टाचारको पर्याय बनेको मालपोत कार्यालयमा कर्मचारी भएको स्थानसम्म सेवाग्राही सहजै पुग्ने गरेका छन् । यही सवाग्राहीलाई मालपोत कार्यालयमा प्राप्त 'विशेषाधिकार'को 'सदुपयोग' गर्दै एक व्यक्ति मालपोतभित्र पसे । कार्यालयको मुख्य कागजात राखिएको स्थानमा पुगेर अपरिचित व्यक्तिले आफ्नो झोला राखे । झोला राखेको स्थानमा कुर्सी थियो । 

उनले राखेको झोला देखे पनि कसैले त्यसलाई अनौठो सोचेनन् किनभने मालपोतमन यस्ता घटना अर्थात 'माल' (घुस) राखिएका झोला दैनिकजसो भित्रिन्छन् ।

झोला राखेर ती व्यक्ति कार्यालयबाहिर जानेबित्तिकै विस्फोट भयो । विस्फोटमा परी ८ जना घाइते भएकामा २ जना गम्भीर भएकाले उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

बम विस्फोट भएलगत्तै केही समय लहान त्रासद र हाहाकार जस्तो बन्न पुग्यो । रगताम्य कारयालय परिसरका दृश्य सामाजिक सञ्जालमा भाइरल हुन थाले । 

घटना भएको केही समयमै प्रहरी घटनास्थलमा पुग्यो । घटनास्थलमा अनुसन्धानका लागि खटिएको प्रहरीले एउटा पर्चा भेट्टायो र त्यही पर्चाको आधारमा केही प्रहरीलाई अनुसन्धानका लागि अन्य निकायको समन्वयमा विभिन्न स्थानमा सर्च अपरेसन गर्न पठायो । 

प्रहरीले फेला पारेको पर्चा केही समयअघि विशेषगरी तराईमा 'आतंक' मच्चाएर सुस्ताएको ‘गोइत’ समूहको थियो । सोही पर्चाको आधारमा प्रहरीले अन्य टोलीलाई समूहका सदस्य र नाइके खोज्न विभिन्न स्थानमा पठाएको छ । पर्चा धुजाधुजा भएकाले पर्चामा के लेखिएको छ भन्ने कुरा खुल्न बाँकी छ । बम कसले र कतिबेला ल्याएर राखेको कुरा पत्ता लगाउन प्रहरीले अहिले सीसी क्यामेराको फुटेज हेरिरहेको बताइएको छ ।

प्रहरीले घटनास्थलमा भेट्टाएको पर्चा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा हो । आइतबार बिहानमात्र गोइत समूहका नेता रामविलास यादवले आत्मसमर्पण गरेका थिए । यादव गोइत समूहका ‘सेकेन्ड म्यान’समेत थिए । 

यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका थिए । यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यस्तो छ गोइत समूहको आपराधिक विगत

– २७ साउन २०७५ मा विराटनगर महानगरपालिकामा बम विस्फोट, २१ दिनपछि प्रहरीद्वारा समूहका ३ जना पक्राउ गरेर सार्वजनिक ।

– २८ मंसिर २०७४ मा सिरहा लहानको लोकतन्त्र चोक छेउमा बम विस्फोट, सप्तरी खडक नगरपालिका- २ बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र ४४ वर्षीय धनराज चौधरी घाइते ।

–२३ मंसिर २०७३ मा सिरहाको मिर्चैयामा प्रेसर कुकर बम विस्फोट ।

– १२ मंसिर २०७३ मा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम फेलापरेको ।

– सप्तरीको झुट्की प्रहरी चौकीका असईको हत्या ।

– राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बम विस्फोट ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…