Khabarpato logo

कला/साहित्य

देवेन्द्र केसी 'देबु'का ५ मुक्तक

देवेन्द्र केसी 'देबु'

देवेन्द्र केसी 'देबु'

देवेन्द्र केसी 'देबु'का ५ मुक्तक

मित्रताका हातका पछाडि खञ्जर लुकेका रै'छन्
मलिलो उर्वर माटोभित्र बञ्जर छुपेका रै'छन्
'इस से बेहतर तो दुश्मनी अच्छी थी हुजुर पहले'
सुखद स्वप्न देख्नेका लागि हण्डर फुलेका रै'छन् ।

तिमी राम्री छौ भन्दैमा आफ्नो बनाउन पनि मिलेन
प्रस्ताव उतैबाट आयो, स्वीकृति जनाउन पनि मिलेन
बोले बोली पासो घरबारेलाई छोइपासो हुने डर
झूट बोलेर तिमीलाई आफ्नो भनाउन पनि मिलेन ।

खोजिरहेँ सुख-चैन खोजेर कतै भेटिन्न रहेछ
पुर्पुरोमा लेखिएको कुरो क्यै गरे मेटिन्न रहेछ
आमाको काख जस्तो प्यारो के हुन्थ्यो र हजुर !
मनले नै स्वीकार नगरी सत्य कुरा लेखिन्न रहेछ ।

'बगाउँछ है बाढीले' भन्दाभन्दै भेलमै पस्य‍ौ
झूटको खेती जान्दाजान्दै जालझेलमै पस्यौ
आफ्नै विश्वासको खेती गर, अरूको भर नपर
हान्छ विधाताले ठान्दाठान्दै बैरी-मेलमै पस्यौ ।

न घरभित्र सुरक्षित देखिन्छ, न त बाहिर नै हिँड्न दिन्छ
अबिरल वर्षा छ, बाढी-पहिरोले निर्मम ज्यान लिन्छ
हिरण्यकशिपुको वरदानकै झल्को दिलायो कलीमा
'सत्य कर्म गर, फलको आशा नगर' भजन जपिन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि