Khabarpato logo

         

प्रवास

कोरियामा कामदारले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने

खबरदाता

खबरदाता

कोरियामा कामदारले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । 

रोजगारदाताले फिनिल ग्रिनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुसी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको छ । 

गत डिसेम्बरमा ग्रिनहाउस आवासमा राखिएकी एक कम्बोडियाली श्रमिकको चिसोका कारण मृत्यु भएपछि श्रमिक संगठनले आवासको राम्रो व्यवस्थासहित ईपीएस प्रणालीमा सुधार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

मन्त्रालयले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियामा काम गरिरहेका विदेशी नागरिकको जीवनस्तरमा सुधार गर्न अन्य तयारीसमेत गरेको बताएको छ । यसका साथै अत्यन्तै न्यूनस्तरको आवास प्रदान गर्ने कम्पनीमा काम गर्ने प्रवासी कामदारले आफ्नो कार्यस्थल बदल्न अनुमति दिनुका साथै त्यस्ता कम्पनी मालिकलाई विदेशी कामदार राख्न प्रतिबन्ध लगाइने नियम ल्याइएको छ ।

हाल प्रवासी कामदारलाई उनीहरूको पहिलो कार्याविधिमा ३ पटक र दोस्रो सम्झौतामा २ पटक गरी ५ वर्षे कार्यकालमा ५ पटकसम्म कार्यस्थल परिवर्तन गर्न पाउने अधिकार दिइएको छ । यसका लागि कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति अनिवार्य छ । कम्पनी परिवर्तन गर्ने ईपीसएस कामदारले ५ वर्षे कार्यकाल सकेपछि पुनः कोरियामा रोजगारी गर्न चाहेमा भाषा परीक्षा पुनः दिनुपर्नेलगायतका प्रावधान पनि राखिएको छ । 

रोजगारदाताद्वारा कुटपिट गर्ने, यौन दुर्व्यवहार गर्ने, अमानवीय व्यवहार गर्ने, तलब दिन ढिलाइ गर्नेलगायतका गल्ती प्रमाणित भएमा श्रमिकले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने नियम छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राहदानी विभागले आइतबार पनि सेवा दिने

राहदानी विभागले आइतबार पनि सेवा दिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्न…

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वै…

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र…

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । म…