Khabarpato logo

         

शिक्षा

सबैभन्दा ठूलो चम्किलो शार्क फेलापर्‍यो

एजेन्सी

एजेन्सी

सबैभन्दा ठूलो चम्किलो शार्क फेलापर्‍यो

अनुसन्धानकर्ताहरूले जमिन र पानीमा बस्ने सबै प्राणीहरूमध्ये सबैभन्दा ठूलो चम्किलो जीवको पहिचान गरेका छन् ।

न्युजिल्यान्ड नजिकैको समुद्रमा महिनौँको अन्वेषणात्मक अभियानको नेतृत्व गरेका वैज्ञानिकहरूले नीलो-हरियो प्रकाश छोड्ने अन्दाजी ६ फिट लामोसम्म वृद्धि हुन सक्ने ठानिएको 'काइटफिन' नामक शार्क भेटिएको फ्रन्टिअर्स इन मरिन साइन्समा गत हप्ता प्रकाशित एक अध्ययनमा उल्लेख गरिएको छ ।

बेल्जियमको क्याथोलिक युनिभर्सिटी अफ लुवैनमा चम्किलो शरीर भएका जीवात्माका अध्येता जेरोमी मलिफिट नाम गरेका वैज्ञानिकले नेतृत्व गरेको अन्वेषण टोलीले जालमा पारिएका जीवित शार्कलाई अँध्यारो, चिसो कोठामा राखिएको पानीको ट्याङ्कीमा स्थानान्तरण गरी चम्किलो शार्कलगायत अन्य प्रजातिका जीवहरूको फोटो खिचेका थिए ।

जीवित चम्किलो शार्कको तस्वीर लिइसकेपछि समातिएका तीनैवटा शार्कका प्रजातिहरूलाई चम्किलो प्रकाश निकाल्ने अंगको अध्ययन गर्नका लागि छालाको नमुना निकाली तिनीहरूलाई मानवीय मृत्यु दिइएको जनाइएको छ ।

अन्वेषण टोलीका अनुसार मेलाटोनिन भन्ने हर्मोनका कारण जीवका शरीरमा त्यस प्रकारको चमक उत्पन्न हुने र अन्य हर्मोनहरूले त्यसलाई निभाइदिने प्रारम्भिक अनुसन्धानबाट देखिएको भए तापनि अझ अरू परीक्षण नभएका हर्मोनहरूको पनि त्यसमा योगदान हुन सक्ने बताइएको छ ।

हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो चम्किलो शार्कको फोटो खिच्न सफल भएका डाक्टर मलेफिटले समुद्रका अन्य धेरै रहस्य उजागर गर्ने आशा गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…