Khabarpato logo

कला/साहित्य

महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई

खबरदाता

खबरदाता

महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई

यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार, २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्सालले प्राप्त गर्न लागेका हुन्‌ ।

पुरस्कार नगद राशि ५१ हजार रुपैयाँसहित सम्मानपत्र रहनेछ । गत वर्षसम्म २१ हजार १ रुपैयाँको महालक्ष्मी साहित्य पुरस्कारको राशि यस वर्षबाट वृद्धि गरी ५१ हजार रुपैयाँ बनाइएको बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिए । सामाजिक उत्तरदायित्व निभाउँदै बैंकले साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको पराजुलीले बताए ।

यही २९ फागुनमा एक कार्यक्रमको आयोजना गरी महालक्ष्मी साहित्य पुरस्कारबाट डा. लम्साल, मातृभूमि राष्ट्रिय सम्मान, २०७७ बाट कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान, २०७७ बाट इतिहास लेखक केदारप्रसाद न्यौपानेलाई सम्मान गरिनेछ । सोही दिन कवि दिनेश शर्मा न्यौापानेको कवितासङ्ग्रह विमोचन पनि गरिनेछ ।

यसैबीच मातृभूमी साहित्य समाज मकवानपुरले आगामी २८ फागुन शुक्रबार एक कार्यक्रम आयोजना गरी विभिन्न विधामा १५ वटा साहित्य सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । 

कोरोनाका कारणसहित विभिन्न समस्याले प्रदान गर्न बाँकी रहेका गत वर्षका सम्मान र पुरस्कार यसै वर्ष प्रदान गरिने गरी कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष माधव पोख्रेलले जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि