Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्सेमा हरियाली, ९० अंकले बढ्यो आज

खबरदाता

खबरदाता

नेप्सेमा हरियाली, ९० अंकले बढ्यो आज

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरू बढेका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले उकालो लागेर २ हजार ५०६.६८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.६७ अंकले उकालो लागेको छ । यसअघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंकभन्दा धेरैले गिरावट आएको थियो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सीमित भएको छ । बुधबारको तुलनामा २५ करोड रुपैयाँभन्दा धेरैले शेयर कारोबार रकम घटेको छ । दिनभर भएका ६५ हजार १७४ कारोबारबाट २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबार रकम भने ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको छ ।

अन्य समूहमा रहेका कम्पनीहरुको सबइन्डेक्स ५.४४ प्रतिशतले, लगानी समूह ५.२६ प्रतिशतले र लघुवित्त समूहको सबइन्डेक्स ५.०६ प्रतिशतले उकालो लागेको छ । 

जलविद्युत समूह ४.७८ प्रतिशतले उकालो लाग्दा जीवन बीमा ३.५, बैंकिङ २.९६, होटल तथा पर्यटन २.९९, विकास बैंक २.४७ र फाइनान्स २.७८ प्रतिशतले बढेको छ ।

धेरै कमाउनेमा बिहीबार पनि चन्द्रगिरि हिल्स कम्पनीकै लगानीकर्ताहरू देखिएका छन् । केही दिनयता यस कम्पनीको शेयर मूल्य लगातार बढिरहेको छ । बिहीबार १० प्रतिशत अर्थात ५५ रुपैयाँले बढेर चन्द्रागिरिको शेयर मूल्य ६०५ रुपैयाँ पुगेको छ ।

दोस्रोमा लिबर्टी इनर्जी र तेस्रोमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि १० प्रतिशतले नै बढेको नेप्सेले जनाएको छ ।

बिहीबार धेरै घट्ने सूचीको शीर्ष स्थानमा म्युचुअल फण्ड तथा डिबेञ्चर देखिएका छन् । पहिलो नम्बरमा देखिएको एनएमबी- ५० को मूल्य ३.४५ प्रतिशतले घटेर १२ रुपैयाँ ३१ पैसामा झरेको छ ।

दोस्रोमा आईसीएफसी फाइनान्स डिबेञ्चरको मूल्य १.७६ प्रतिशतले घटेर १ हजार १७१ रुपैयाँमा झरेको छ भने तेस्रोमा ग्लोबल आईएमई समुन्नत- १ को मूल्य १.४८ प्रतिशतले घटेर १४ रुपैयाँ ६६ पैसामा झरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…