Khabarpato logo

         

अपराध

महाराष्ट्र्मा नाबालिकालाई यौन दुर्व्यवहार गर्ने एक जना शिक्षकलाई ५ वर्षको जेल सजाय

एजेन्सी

एजेन्सी

महाराष्ट्र्मा नाबालिकालाई यौन दुर्व्यवहार गर्ने एक जना शिक्षकलाई ५ वर्षको जेल सजाय

यौनजन्य आक्रमणबाट केटाकेटीलाई संरक्षण गर्ने भारत महाराष्ट्रको एउटा विशेेष अदालतले एक जना २९ वर्षीय शिक्षकलाई ११ र ९ वर्ष उमेरका २ जना किशोरीहरूलाई यौन दुर्व्यवहारको अभियोगमा ५ वर्षको जेल सजाय सुनाएको छ ।

अभियोजनलाई उदृत गर्दै चरुल शाहद्वारा लिखित हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार ती किशोरीहरूले आफूहरूलाई शिक्षकले अनुचित ढंगले छुने र चुम्बन गर्ने गरेकाले आफूहरू ती शिक्षकले पढाउने मदरसा र   सेमिनारी (पादरीको तालिम गर्ने कलेज)मा नजाने भनी आफ्ना अभिभावकलाई बताएपछि उक्त घटना  बाहिर आएको थियो । पीडित ११ वर्षीय किशोरीले आफ्नी आमालाई बताएअनुसार ती शिक्षकले उनलाई शौचालय जाने बहाना बनाएर राती सेमिनारीमा आउनूू भनेर बोलाउँथे ।

ती क्षिक्षकलाई सन् २०१६ अगस्ट महिनामा गिरफ्तार गरिएको भए पनि प्रहरीले ६० दिनभित्र अभियोगपत्र दर्ता गर्न नसकेकाले धरौटीमा छाडिएको थियो । मुद्दाको कारवाहीका क्रममा अभियुक्त शिक्षकविरुद्धको आरोप प्रमाणित गर्नका लागि अभियोजनले दुवै किशोरीहरु र तिनका अभिभावहरूलाई परीक्षण गरेको थियो ।

अदालतले ती किशोरीहरूको बयानका आधारमा ती शिक्षकलाई दोषी ठहर गरेको जनाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…